आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया
काठमाडाैं | माघ ७, २०८१
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार “बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीसूचक संस्थाहरूका लागि निर्देशन”को व्यावहारिक कार्यान्वयन र परिपालना सुनिश्चित गर्न आभूषण व्यवसायीहरू र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महासंघले शुभारम्भ गरेको “स्वच्छ व्यवसाय, सम्मानित व्यवसायी” राष्ट्रिय अभियान अन्तर्गत आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका नायव सुब्बा प्रकाश सापकोटाले व्यवसायीहरूलाई सम्पत्ति शुद्धीकरण रोकथामसम्बन्धी कानूनी दायित्व, पारदर्शिता कायम राख्ने उपाय, प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया, तथा व्यवसायमा इमानदारिता र निष्ठा कायम राख्ने विषयमा अभिमुखीकरण गराए ।
त्यसैगरी, विशेष अतिथिका रूपमा उपस्थित सोही विभागका निर्देशक श्री जनार्दन आचार्यले सशक्त व्यवसायिक अभ्यासले मात्र व्यवसायको दीर्घकालीन विकास सुनिश्चित हुनेमा जोड दिए ।
कार्यक्रमको उद्देश्य व्यवसायीहरूलाई कानूनी दायित्व पालनामा अभिप्रेरित गर्नु, नियामक निकाय र व्यवसायीहरूबीच सहकार्यलाई बलियो बनाउनु, र व्यवसायमा इमानदारी, पारदर्शिता, तथा निष्ठालाई प्रवर्द्धन गर्नु रहेको थियो।
उक्त कार्यक्रममा करिब १२० जना व्यवसायीहरुको (भौतिक र अनलाइन, जुम माध्यमबाट) सक्रिय सहभागिता रहेको थियो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

